खेल


क्रिकेट विश्वकपको सेमिफाइनल समिकरण पूरा

क्रिकेट विश्वकपको सेमिफाइनल समिकरण पूरा

नेपालखबर
असार २१, २०७६ शनिबार ३:४३,

आइसीसी क्रिकेट विश्वकप २०१९ को सेमिफाइनल समिकरण पूरा भएको छ।

शुक्रबार राती भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने अन्तिम टोलीका रुपमा न्यूजिल्याण्ड सेमिफाइनलमा पुगेको छ।  

पाकिस्तान भने रनरेटमा पछि पर्दै सेमिफाइनलमा पुग्न सकेन्। यसअघि अष्ट्रेलिया, भारत र इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनाइसकेका थिए।

पाकिस्तानले दिएको ३१६ रनको लक्ष्य पछ्याएको बंगलादेशले २२१ रन मात्रै बनाउन सक्यो । बंगलादेशका लागि शकिब अल हसनले सर्बाधिक ६४ रन बनाए। 

७७बल खेलेका उनले ६ चौका प्रहार गरे । लिटोन दासले ३२ रन बनाए ४० बल खेलेका उनले ३ चौका प्रहार गरे । महमुदउल्लाहले २९ रन बनाऐ ३ चौका प्रहार गरे । सौम्य सरकारले २२ रन जोडे। त्यस बाहेक अरुले गतिलो प्रदशन गर्न सकेनन्। 

बलिङ तर्फ पाकिस्तानका शहिन शाह अफ्रिदीले ६ विकेट लिए। ९.१ओभर बलिङ गरेका उनले ३५ रन खर्चिए। यस्तै शादब खानले २ विकेट लिए। ९ ओभर बलिङ गरेका उनले ५९ रन खर्चिए।

त्यस अघि टस जितेर ब्यटिग गरेको पाकिस्तानले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रन बनायो । 

उसका इमाम उल हकले शतकीय इनिङ खेलेपनि टिमलाई जिताउँन सकेनन्। सय बल खेलेका उनले ७ चौकासहित सय रन नै जोडे।

यस्तै बाबर आजमले ९६, अमिद वासिमले ४३ र मोहम्मद हफिजले २७ रन जोडे। बंगलादेशका मुस्ताफिजुर रेहमानले ५ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ७५ रन खर्चे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad