ad ad

खेल


बार्साका खेलाडी कोरोना प्रकोपका बेला क्लबलाई सहयोग गर्न तयार, ७० प्रतिशत तलब नलिने

बार्साका खेलाडी कोरोना प्रकोपका बेला क्लबलाई सहयोग गर्न तयार, ७० प्रतिशत तलब नलिने

नेपालखबर
चैत १८, २०७६ मंगलबार ८:४४,

मेस्सीले कोरोनाको संकटसँगै क्लबको आम्दानी नभएको समयमा खेलाडीहरु सबैले ७० प्रतिशत तलब नलिऊ भन्ने प्रस्ताव गरेका थिए। मेस्सीको प्रस्ताव सबै खेलाडीले मानेको बताइएको छ।

कोरोना प्रकोपको अवधिभर अब बार्साका खेलाडीले पुरा तलबको ३० प्रतिशत तलब मात्र लिनेछन्।

स्पेनमा बार्सिलोना क्लब अवस्थित छ। स्पेन कोरोनाले सबैभन्दा बढी ग्रस्त क्षेत्रमध्ये एक हो।

त्यहाँ हालसम्म ८७ हजार ९५६ कोरोना संक्रमित छन्। ७७ सय १६ को मृत्यु भइसकेको छ।

मेस्सीले क्लबलाई आफूले जस्तो समयमा पनि सहयोग गर्न तयार भएको बताएका छन्। यसअघि मेस्सीले बार्साको स्वास्थ्य ल्याबलाई १० लाख युरो कोरोनाविरुद्ध लड्न सहयोग गरेका थिए। एजेन्सी

A Messi story: Barçelona's overperformance in 2019-20 - Barca ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .