अहिले कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा वर्षा भइरहेको छ।
यतिबेला दाङ, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान र जाजरकोटमा चट्याङ सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही समयपछि यो प्रणाली पूर्वतिर (लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै जाने अनुमानसमेत महाशाखाले गरेको छ।
हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव छ। त्यसैगरि भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावसमेत नेपालको मौसममा परेको छ।
आज दिउँसो पनि कोसी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
त्यसैगरि कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
Shares

प्रतिक्रिया