खेल


वर्षाका कारण हङकङसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा

वर्षाका कारण हङकङसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा

नेपालखबर
चैत ३०, २०८१ शनिबार १४:१५, काठमाडौँ

हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगितामा नेपाल र आयोजक हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ।


नेपाललले टस जितेर फिल्डिङ रोजेको खेलमा ९ ओखर चलिरहँदा पानी परेपछि खेल रोकिएको थियाे। जम्मा ९ ओभरसम्मको खेलमा हङकङले ३ विकेट गुमाएर ६८ रन जोडेको थियो। 

तर, वर्षा नरोकिएपछि खेल रद्द भएको हो। यद्यपि, हङकङभन्दा नेपालको बढी अंक भएका कारण नेपाल  प्रतियोगिताको फाइलनमा पुगेको हो।

नेपाल २ खेलमा २ जितसहित ४ अंक जोडेर दोस्रो स्थानमा छ भने हङकङले २ खेलमध्य एक खेलमात्रै जितेर २ अंक मात्रै जोडेको थियो। 


नेपाल प्रतियोगिताको फाइनलमा पुगेसँगै उपाधिका लागि कुवेतसँग प्रतिष्पर्धा हुनेछ। आजै भएको खेलमा कुवेतले कतारमाथि फराकिलो जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो। 

नेपालले यसअघि कतार र कुबेतलाई पराजित गरेको थियो। प्रतियोगितमा आयोजक हङकङका साथै नेपाल, कतार र कुवेत सहभागि छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad