अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौँले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० गोल अन्तरले जित निकालेको हो। यस जितसँगै तेस्रो स्थानमा उक्लिएको काठमाडौँले चार खेलबाट पाँच अङ्क पुर्याएको छ। समान खेल खेलेको बुटवलको भने एक अङ्क छ। बुटवल अङ्क तालिकामा पुछारमा छ।
काठमाडौँका डिओपले खेलको ८८ औँ मिनेटमा गोल गरेका हुन्। भिन्सेन्ट कोजिइल्लोसँग तालमेल मिलाउँदै बक्स लाइन नजिकबाट उनले प्रहार गरेको बललाई बुटवलका गोलकिपर दीप कार्कीले बचाउन सकेनन्।
अन्ततः काठमाडौँले खेल जित्यो। उक्त प्रतियोगितामा भोलि पोखरा थन्डर्स र धनगढी फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ।





168
Shares

प्रतिक्रिया