समाज


बार निर्वाचन: आधा मतगणना सकिँदा मिश्रको टिम दोब्बर मतले अगाडि

बार निर्वाचन: आधा मतगणना सकिँदा मिश्रको टिम दोब्बर मतले अगाडि

विजयप्रसाद मिश्र र केदारप्रसाद कोइराला


नेपालखबर
चैत २६, २०८१ मंगलबार २२:३३, काठमाडौँ

नेपाल बार एसोसिएसनमा ५५ प्रतिशत मतगणना सकिएको छ। 

आइतबार सुरु भएको मतगणना सोमबार दिनभर चलेको थियो। सोमबार राति ८ बजेसम्म करिब ५५ प्रतिशत मतगणना सकिएको निर्वाचन समितिले जानकारी दिएको छ।

चैत २३ गते देशभरका बार सदस्यले नेपाल बारको २५ सदस्यीय कार्यसमितिका लागि प्रत्यक्ष मतदान गरेका थिए। त्यस क्रममा ७ हजार ९९५ मत खसेको छ। 

देशैभरिबाट मतपेटिका संकलन गरी काठमाडौँमा गणना भइरहेको छ।

पछिल्लो अद्यावधिक विवरणअनुसार, अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले २ हजार ८८२ मत प्राप्त गरेका छन्। उनको यो मत निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठको तुलनामा दोब्बरभन्दा केही बढी हो।

श्रेष्ठले १ हजार ४२५ मत पाएका छन्। 

मिश्र नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपानिकट कानुन व्यवसायीका संगठनहरुको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार हुन्। श्रेष्ठ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र रास्वपानिकट कानुन व्यवसायीको प्यानलका हुन्।

अन्य पदमा पनि मिश्र नेतृत्वकै प्यानल अगाडि छ।

महासचिव पदमा अझै फराकिलो मतान्तरले मिश्र टिमका केदारप्रसाद कोइराला अगाडि छन्। कोइरालाले २ हजार ८६० मत पाउँदा उनका प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले १ हजार २३८ मत पाएका छन्।

सबै उम्मेदवारको मत हेर्नुहोस्ः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad