खेल


नेपालविरुद्ध अफगानिस्तानलाई एक खेलअगावै सिरिज

नेपालविरुद्ध अफगानिस्तानलाई एक खेलअगावै सिरिज

लगातार दोस्रो जित निकालेसँगै अफगानिस्तान यू–१९ टोलीले शृंखला आफ्नो पोल्टामा पारेको हो (क्यान)


नेपालखबर
चैत २४, २०८१ आइतबार १७:३२, काठमाडौँ

अफगानिस्तानको १९ वर्षमुनिको क्रिकेट टोलीले एक खेलअगावै नेपालविरुद्धको एक दिवसीय अनअफिसियल शृंखला आफ्नो पक्षमा पारेको छ। 

लगातार दोस्रो जित निकालेसँगै अफगानिस्तान यू–१९ टोलीले शृंखला आफ्नो पोल्टामा पारेको हो। 

आज भएको दोस्रो खेलमा नेपालविरुद्ध अफगानिस्तान १ रनले विजयी भयो। 

आजको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानको युवाटोलीले १६९ रनको लक्ष्य दिएको थियो। तर नेपाली टोली ४९.३ ओभरमा १६७ रनमै अलआउट भयो। 

नेपालले अन्तिम २ रन बनाउन चुक्दा अफगानिस्तानले शृंखला आफ्नो पक्षमा पा¥यो। 

आइतबार मूलपानी क्रिकेट मैदानमा भएको युथ एक दिवसीयमा अफगानिस्तानका लागि उजैरुल्लाह नियाजाई १९, खालिद अहमदजाई १०, फैजल शिनोजादा ०, महबूब खान ५८, बर्कत इब्राहिम्जाई ०, नाजिफुल्लाह अमिरी १६, खातिर स्ट्यानिकजाई ११, जैतुल्लाह शाहीन २, रुहुल्लाह अरब २७, वाहिदुल्लाह जाड्रान ८ र हफिज जाड्रानले ५ रनको योगदान गरे। 

नेपालले १२ अतिरिक्त रन दिएको थियो। बलिङतर्फ नेपालका सन्तोष यादवले ३, सिब्रिन श्रेष्ठ र विपिन शर्माले समान २ तथा अपराजित पौडेल र अभिशेख तिवारीले समान १ विकेट हात पारे। 

१६८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि ओपनर साहिल पटेलले ६४ रन बनाए पनि जित निस्किएन। निरज कुमार यादवले १५, नरेन भट्टले १३, सिब्रिन श्रेष्ठले २, दिलसाद अलिले ८, अभिशेख तिवारीले २४, रोशन विश्वकर्माले ९, ध्रुव सोनारले २१, सन्तोष यादवले ४ रन बनाए। तर अपराजित पौडेल र विपिन शर्माले शून्य रनको योगदान गरे। नेपालले ७ अतिरिक्त रन पाएको थियो। 

अफगानिस्तानका लागि वाहिदुल्लाह, जैतुल्लाह र हफीजले समान २ तथा रुहुल्लाह, महबूब र उजैरुल्लाहले समान १ विकेट झारे।  

अघिल्लो खेलमा बिहीबार अफगानिस्तानले १३० रनले नेपाललाई पराजित गरेको थियो। 

उक्त खेलमा अफगानिस्तानले ९ विकेट गुमाएर ३०१ रनको लक्ष्य दिएकोमा नेपाली टोली ४६.२ ओभरमै १७० रनमा अलआउट भएको थियो।

अब बुधबार नेपालले अफगानिस्तानविरुद्ध अन्तिम खेल खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad