नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने-घटनामा मृत्युवरण गरेका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन्।
देउवाले आइतबार दिउँसो निवासमै पुगेर पत्रकार रजगकका परिवारलाई भेटेका हुन्। रजकको घर डल्लुमा छ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन भएको थियो।
सभापति देउवाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीका गर्ने आश्वासन दिए।
162
Shares

प्रतिक्रिया