खेल


फ्रेन्च लिग: ६ खेल अघि नै पीएसजीले हात पार्‍यो उपाधि

फ्रेन्च लिग: ६ खेल अघि नै पीएसजीले हात पार्‍यो उपाधि

नेपालखबर
चैत २४, २०८१ आइतबार ५:५७, काठमाडौँ

फ्रेन्च लिग वानको ६ खेल अघि नै पेरिस सेनट जर्मेन (पीएसजी) ले उपाधि हात पारेको छ। 

शनिबार राति भएको खेलमा एन्र्जेसलाई १–० गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो। 

पीएसजीको जितमा डिजाएर डुएले गरेको गोल नै निर्णायक बन्यो। खेलको ५५ औँ मिनेटमा डिजाएरले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा पीएसजीले उपाधि पक्का गरेको हो।

पीएजसीलाई लिग वान च्याम्पियन बन्न एक अंक मात्र बाँकी थियो। यो जितसँगै पीएसजीले लगातार चौथो पटक उपाधि रक्षा गरेको हो। समग्रमा पीएसजीको यो ११ औँ लिग वान उपाधि हो। 

पीएसजीले २८ खेलबाट २३ खेलमा जित र ५ खेलमा बराबरी गर्दै अपराजित रहेर लिग वान च्याम्पियन बनेको हो। दोस्रो स्थानको मोनाकोको समान खेलबाट ५० अंक छ। 

पीएसजीले अब लिगका बाँकी ६ खेलमा अपराजित रहेर युरोपको शीर्ष पाँच लिगहरुमा अपराजित रहने सातौँ टोली बन्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad