इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा स्थान बनाउन संर्घष गरिरहँदा लेस्टर सिटी भने रेलिगेसनको संघारमा पुगेको छ।
बुधबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा लेस्टर सिटीलाई २–० गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा पुग्ने सम्भावना केही बलियो बनाएको हो।
सिटीसँगको हारले लेस्टर सिटी भने रेलिगेसनको जोखिममा परेको छ।
३० खेलबाट ५१ अंक जोडेको सिटी चौथो स्थानमा छ। समान खेलबाट ५७ अंक बनाएको नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ। सिटीभन्दा एक खेल कम खेलेको न्युक्यासल युनाइटेड ५० अंकमा पाँचौँ स्थानमा छ।
पराजित लेस्टर सिटी भने ३० खेलबाट १७ अंक बनाउँदै १९औँ स्थानमा छ। समान खेलबाट २० अंक भएको इप्सविच टाउन १८औँ स्थान र २० अंक भएको साउथहेप्टन पुछारमा छन्।
खेलको दोस्रो मिनेटमै ज्याक ग्रेलिसको गोलमा सिटीले सुरुवातमा नै अग्रता बनाएको थियो। खेलको २९औँ मिनेटमा ओमार मार्मुसको गोलमा सिटीले अग्रता दोब्बर पार्यो।
गएराति भएको अन्य खेलमा लिभरपुलले एभर्टनलाई १–० ले हराएको छ। इप्सविच टाउनले वर्नमाउथलाई २–१ ले हराउँदा न्युक्यासलले भने ब्रेन्टफोडविरुद्ध २–१ को जित दर्ता गर्यो।
अर्को खेलमा एस्टोन भिल्लाले ब्राइटनलाई ३–० को फराकिलो अन्तरले हराउँदा साउथहेप्टन र क्रिस्टल प्यालेसले १–१ को बराबरी गर्दै अंक बाँडे।
Shares

प्रतिक्रिया