खेल


बार्सिलोना कोपा डेल रे को फाइनलमा

बार्सिलोना कोपा डेल रे को फाइनलमा

नेपालखबर
चैत २१, २०८१ बिहिबार ५:३४, काठमाडौँ

फेरान टोरेसको निर्णायक गोलमा बार्सिलोना कोपा डेल रे को फाइनलमा पुगेको छ। 

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा एथलेटिको मड्रिडमाथि १–० को साघुँरो जित निकाल्दै बार्सिलोना उपाधि नजिक पुगेको हो। 

पहिलो हाफको २७ औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोल नै बार्साका लागि फाइनल पुग्न पर्याप्त भयो। लामिन यामालको पासमा फेरान टेरोसले गोल गर्न सफल भएका थिए। 

सेमिफाइनलको पहिलो लेगमा ४–४ को नाटकिय रुपमा बराबरी भएको खेलमा बार्सिलोनाले समग्रमा ५–४ को जित दर्ता गर्यो। 

बार्सिलोनाले अब उपाधिका लागि रियल मड्रिडको सामना गर्नेछ। बार्सिलोनाले फाइनलमा स्थान बनाएसँगै स्पेनिस कपको फाइनलमा आठौँ पटक एल क्लासिको भिडन्त हुने पक्का भएको हो। फाइनल खेल २६ अप्रिलमा सेभिल्लामा हुनेछ। 

मंगलबार राति भएको सेमिफाइनलमा रियल सोसिडाडसँग ४–४ को बराबरीमा रोकिए पनि समग्रमा ५–४ को जित निकाल्दै रियल कोपा डेल रे को फाइनलमा पुगेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad