प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लब विजयी भएको छ। एपीएफले कोसी प्रदेशलाई पराजित गरेको हो।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको कोसीले १० विकेट गुमाउँदै २५४ रन बनायो। कोसीका लागि साकिब हकले ६३ बलमा ११ चौकाको सहयोगमा ६८ रन बनाए। यस्तै अङ्कीत सुवेदीले ३५, आशिष भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाए।
बलिङतर्फ एपिएफ क्लबका अभिषेक गौतम र मौसम ढकालले तीन/तीन, कप्तान रोहितकुमार पौडेलले दुई तथा इरशाद अहमद र अमरसिंह रौटेलाले एक/एक विकेट लिए ।
एपीएफ क्लबले २५५ रनको विजयी लक्ष्य ४४.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। एपीएफ क्लबका लागि लोकेश बमले अविजित ८४ रन बनाए। उनले ५४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे।
यस्तै रोहितकुमार पौडेलले ६१, दीपक बोहराले ३६, सन्दिप जोराले ३०, इर्शाद अहमदले अविजित १६ तथा अभिषेक गौतमले १४ रन बनाए।
बलिङतर्फ कोशीका फिर्दोस अन्सारी र दिपेश कँडेलले तीन/तीन तथा ज्ञानेन्द्र श्रेष्ठ र विपुल लुइँटेलले एक/एक विकेट लिए ।
Shares

प्रतिक्रिया