खेल


भारतीय क्रिकेटर युजवेन्द्र चहलको सम्बन्ध विच्छेद

भारतीय क्रिकेटर युजवेन्द्र चहलको सम्बन्ध विच्छेद

भारतीय क्रिकेटर युजवेन्द्र चहल र उनकी पत्नी धनश्री


नेपालखबर
चैत ७, २०८१ बिहिबार १९:२७, काठमाडौँ

भारतीय क्रिकेटर युजवेन्द्र चहल र उनकी पत्नी धनश्रीबीच सम्बन्ध विच्छेद भएको छ।

क्रिकेटर चहलका वकिल नितिन कुमार गुप्ताले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार मुम्बईको एक पारिवारिक अदालतले उनीहरूको सम्बन्ध विच्छेद स्वीकृत गरेको हो। 

उनले भने, ‘अदालतले सम्बन्ध विच्छेदलाई स्वीकृति दिएको छ। दुवै पक्षको संयुक्त निवेदन स्वीकार गरेपछि अदालतले यो निर्णय गरेको हो। अब उनीहरू पति-पत्नी रहेनन्।’

बार एन्ड बेन्चका अनुसार सम्बन्ध विच्छेद सम्झौताबमोजिम चहलले धनश्रीलाई ४.७५ करोड रुपैयाँ निर्वाह भत्ता दिनुपर्नेछ। यो रकम दुई किस्तामा दिनुपर्नेछ।

क्रिकेटर युजवेन्द्र चहल र धनश्रीले डिसेम्बर २०२० मा विवाह गरेका थिए, तर उनीहरू २०२२ देखि अलग भएका थिए।

युजवेन्द्र चहल र धनश्रीले फेब्रुअरी ५ मा आपसी सहमतिमा सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad