समाज


जटिल रोगको उपचारका लागि बिमाको विकल्प खोज्नुपर्छ : स्वास्थ्यमन्त्री

जटिल रोगको उपचारका लागि बिमाको विकल्प खोज्नुपर्छ : स्वास्थ्यमन्त्री

नेपालखबर
चैत ७, २०८१ बिहिबार १९:३४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरा पाँच लाख पुर्‍याए पनि ठूला रोगको उपचारमा विकल्प खोज्नुपर्ने अवस्था रहेको बताए। 

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उनले स्टोकलगायत ठूला रोगको औषधि महँगो हुने भन्दै उपचारमा बिमा बाहेकको विकल्प खोज्नुपर्ने बताएका हुन्।  

उनले ठूला रोगको उपचार समयमा पाउन नसक्दा बिरामीको अङ्गभङ्ग वा मृत्युसमेत हुनसक्ने बताए। समयमा उपचार पाउन नसकेर मृत्यु भएको मृतकका परिवार थुप्रै समस्या लिएर मन्त्रालयमा आउने गरेको उनको भनाइ छ।  

राज्यले स्वास्थ्य सेवाका लागि उपयुक्त विधि र स्रोतको व्यवस्था नगरेकाले स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न कठिन भएको बताए। 

नेपाली जनतालाई स्वास्थ्य सुविधा दिन बिमा नै एक मात्र विकल्प भएकाले बिमालाई व्यवस्थित गर्न आफूले काम गरी रहेको उनको भनाइ छ।

कार्यक्रममा मष्तिष्क पक्षघातको उपचारका लागि अमेरिकी सहयोगमा औषधि प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उक्त औषधि मष्तिष्क पक्षघात भएको बिरामीलाई चार घण्टाभित्र इन्जेक्सनमार्फत् प्रयाग गर्नसके बिरामीको ज्यान जाने खतराबाट बचाउन सकिने मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad