खेल


एथलेटिको मड्रिडलाई हराउँदै शीर्ष स्थानमा फर्कियो बार्सिलोना

एथलेटिको मड्रिडलाई हराउँदै शीर्ष स्थानमा फर्कियो बार्सिलोना

नेपालखबर
चैत ४, २०८१ सोमबार ६:२१, काठमाडौँ

स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ। 

आइतबार राति भएको खेलमा एथलेटिको मड्रिडलाई ४–२ गोलले हराउँदै बार्सिलोना शीर्ष स्थानमा फर्किएको हो। 

फेरान टोरेस र लामिन यामालले गरेको गोलले बार्सिलोनालाई शीर्ष स्थानमा फर्काएको हो। 

खेलमा २–० ले पछि परेको स्थिति उल्टाउँदै बार्साले जित दर्ता गरेको हो।

पहिलो हाफको ४५औँ मिनेटमा जुनियर अल्भारेजको गोलमा एथलेटिकोले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ७०औँ मिनेटमा अलेक्ज्यान्डर सोर्लोथको गोलमा एथलेटिको २–० ले अघि भएको थियो।

तर त्यसको २ मिनेटपछि नै रोबर्टो लेवानडोस्कीको गोलमा बार्सिलोनाले खेलमा फर्कने संकेत गरेको थियो। 

खेलको ७८औँ मिनेटमा फेरान टोरेसले बार्सिलोनाका लागि बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक स्थितिमा पुग्यो।

इन्ज्युरी समयको दोस्रो मिनेटमा लामिन यामाले गोल गर्दै बार्सिलोनालाई ३–२ को अवस्थामा ल्याए। आठौँ मिनेटमा फेरान टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–२ को नाटकीय जित दिलाउन सफल भए। 

गएराति भएको अन्य खेलमा रियल बेटीसले लेगानेसलाई ३–२ ले तथा गेटाफेले ओसासुनालाई २–१ ले हराए।

अर्को खेलमा एथलेटिको क्लबले सेभिल्लाविरुद्ध १–० को जित दर्ता गर्दा रियल सोसिडाड र रायो भालेकानोले २–२ को बराबरी गर्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad