खेल


अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी ब्राइटनसँग बराबरी

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी ब्राइटनसँग बराबरी

नेपालखबर
चैत ३, २०८१ आइतबार ७:३, काठमाडौँ

खेलमा दुईपटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन एन्ड होव एल्बियनसँग बराबरी गर्दै अंक बाँड्न बाध्य भएको छ। 

शनिबार राति घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले ब्राइटनविरुद्ध दुईपटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसकेको हो।

बराबरीसँगै सिटी अंक तालिकामा पाचौँ स्थानमा छ।

खेलको ११औँ मिनेटमा एर्लिङ हालान्डको पेनाल्टी गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो।

सिटीका लागि पेनाल्टीमा गोल गर्दै हालान्डले प्रिमियर लिगमा सबैभन्दा छिटो १०० गोलको आँकडा छुने पहिलो खेलाडी बनेका छन्।

उनले ९४ खेलमा ८४ गोल र १६ असिस्ट गर्दै समग्रमा सय गोलको आँकडा पूरा गर्दै कीर्तिमान कायम गरेका हुन्।

खेलको २१औँ मिनेटमा ब्राइटन खेलमा फर्किएको थियो। खेलको ३९औँ मिनेटमा उमर मार्मुसको गोलमा सिटीले खेलमा २–१ को अग्रता बनाए पनि त्यसलाई जोगाउन भने सकेन। 

दोस्रो हाफको तेस्रो मिनेटमै सिटीको डिफेन्स लाइन कमजोर देखियो। 

खेलको ४८औँ मिनेटमा ज्याक हिन्सेलवुडको प्रयासलाई अब्दुकोदिर खुसानोभले आफ्नै पोस्टमा गोल गर्दै ब्राइटनलाई उपहार दिए। 

गएराति भएको अन्य खेलमा वुल्भ्सले साउथहेप्टनलाई तथा ब्रेनफोर्डले एएफसी बर्नमाउथलाई समान २–१ गोल अन्तरले हराए। 

नटिङ्घम फरेस्टले एप्सविच टाउनलाई ४–२ ले हराउँदा एभर्टन र वेस्ट ह्याम युनाइटेडले १–१ को बराबरी गर्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad