स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिका लागि तय भएको बार्सिलोना र ओसासुनाबीचको खेल अन्तिम समयमा स्थगित भएको छ।
क्याटलान क्लब बार्सिलोनाका पहिलो टोलीका टिम डाक्टर कार्लेस मिनारो गार्सियाको मृत्यु भएपछि खेल स्थगित भएको हो।
खेल सुरु हुनुभन्दा लगभग २० मिनेट अगाडि खेल स्थगित गरिएको हो। ओलम्पिक स्टेडियममा खेल हेर्न दर्शकहरु मैदान पुगिसकेका थिए।
गार्सियाको मृत्युपछि बार्सिलोनाका जोन लापोर्टाले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
गएराति कै खेलमा भ्यालेन्सियाले रियल भल्लाडोलिडलाई तथा सेल्टा भिगोले लेगेनासलाई २–१ ले हराएका छन्। अर्को खेलमा डिपोर्टिभ अलाभेसले भिल्लारियलमाथि १–० को जित निकालेको छ।
207
Shares

प्रतिक्रिया