खेलको अन्तिम मिनेटमा क्यालम हडसन–ओडोको निर्णायक गोलमा नटिङ्घम फरेस्टले प्रिमियर लिगमा म्यानचेस्टर सिटीमाथि महत्त्वपूर्ण जित दर्ता गरेको छ।
शनिबार राति दि सिटी ग्राउण्डमा भएको खेलमा सिटी नटिङ्घम फरेस्टसँग १-० गोलअन्तरले पराजित भएको हो।
खेलको ८३ औँ मिनेटमा मोगर्न गिप्स ह्वाइटको पासमा क्यालमको निर्णायक गोलमा फरेस्टले सिटीलाई पराजित गरेको हो।
जितसँगै फरेस्टले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवित राखेको छ।
लिगको २८ खेलमा फरेस्टले १५ खेलमा जित, ६ खेलका बराबरी र ७ खेलमा हार भोग्दै ५१ अंकमा तालिकाको तेस्रो स्थानमा छ।
समान खेलबाट ४७ अंक बनाएको सिटी चौथो स्थानमा छ। गएराति नै भएको अर्को खेलमा शीर्ष स्थानको लिभरपुलले साउथहेप्टनमाथि ३–१ को सहज निकालेको हो।
अन्य खेलमा ब्राइटनले फुलहामलाई २-१ ले हराउँदा क्रिष्टल प्यालेसले एप्सविच टाउनमाथि १-० को जित दर्ता गरेको छ। एष्टोन भिल्लाले ब्रेन्टफोर्डलाई १-० ले नै हराएको छ। अर्को खेलमा एभर्टन र वुल्भसले १-१ को बराबरी गर्दै अंक बाँडे।
Shares

प्रतिक्रिया