नारी दिवस टी-२० कपअन्तर्गत नेपाल र नामिबिया भिड्दैछन्। युगान्डामा सुरु भएको चार देशीय महिला टी-२० श्रृङ्खलाअन्तर्गत नेपालले पहिलो खेल नामिबियासँग खेल्न लागेको हो।
नामिबियासँगको खेलमा नेपाल इन्दु बर्माको कम्तानीमा मैदान उत्रनेछ।
नेपाली टिमको विकेट किपर एलिशाकुमारी यादव छिन्। त्यस्तै रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विस्ट आजको खेलमा मैदानमा हुनेछन्।
आज नामिबियासँग खेल्ने नेपाली टोलीले भोलि (फागुन २५) गते युगान्डासँग खेल्नेछ। त्यस्तै फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।

Shares

प्रतिक्रिया