नारी दिवस टी-२० कपअन्तर्गत नेपाल र नामिबिया भिडिरहेका छन्। युगान्डामा सुरु भएको चार देशीय महिला टी-२० श्रृङ्खलाअन्तर्गत नेपालले पहिलो खेल नामिबियासँग खेलेको हो।
नामिबियासँगको खेलमा नेपाल इन्दु बर्माको कम्तानीमा मैदान उत्रिएको छ। खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले पाँच ओभरमै ३ विकेट गुमाएको छ। पाँच ओभर चलिरहँदा नेपालले २७ रन बनाएको छ। नेपालले कप्तान इन्दुसहित तीन खेलाडीलाई सस्तैमा गुमाइसकेको छ। अहिले क्रिजमा पूजा र रोमा थापा छन्।
नेपालले सम्झनाकुमारी खड्कालाई पहिलो विकेटको रुपमा गुमाएको थियो। आक्रमक ब्याटिङ सुरुवात गरेकी उनी ११ बलमा १८ रन बनाउँदै आउट भइन्। दोस्रो विकेटको रुपमा रुविना क्षेत्रीलाई गुमायो। उनी २ बलको सामना गरेर शून्य रनमै आउट भइन्।
त्यस्तै कप्तान इन्दु ११ बलको सामना गरेर जम्मा २ रन बनाएर आउट भइन्।
नेपाली टिममा विकेट किपर एलिशाकुमारी यादव, रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन्।
आज नामिबियासँग खेलिरहेको नेपाली टोलीले भोलि (फागुन २५) गते युगान्डासँग खेल्नेछ। त्यस्तै फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।
Shares

प्रतिक्रिया