युगान्डमा हुने वुमन्स डे कप टी ट्वान्टी क्रिकेटका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघले (क्यान) ले आइतबार घोषणा गरेको १४ सदस्यीय राष्ट्रिय टोलीमा साना प्रविन र रिया शर्मा समेटिएका छन्।
पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी साना नेपाली यू–१९ टोलीकी उप कप्तान हुन्।
मार्च ८ देखि १६ सम्म हुने उमन्स डे कपमा नेपाल सहित आयोजक युगान्डा, नामिबिया र हङकङको सहभागीता रहनेछ। यी चार राष्ट्रले डबल राउन्ड रोबिनको आधारमा खेल्नेछन्। शीष दुई टोलीले फाइनल खेल्नेछन्।
नेपालले मार्च ८ मा नामिबिया, माच ९ मा युगान्डा र मार्च १० मा हङकङसँग खेल्नेछ।
अनुभवी खेलाडी सीता राना मगरसँगै कविता कुँवर चोटका कारण पहिलो चरणको प्रशिक्षणमा नै सामेल थिएनन्। पछिल्लो पटक नेपालले खेलेको त्रिकोणात्मक श्रृंखला खेलेका सीता र कविता बाहेक मनिषा उपाध्याय र रेवती धामी यो पटक टिममा छैनन्।
अन्तिम १८ बाट सिमाना केसी, सबनम राई, सोभा रोकाया र मनिषा उपाध्यायले अन्तिम १४ मा स्थान बनाउन सकेनन्।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोली
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, विन्दु रावल,रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, एलिशा कुमारी यादव, रोमा थापा, रचना चौधरी, साना प्रविन र इश्वरी बिष्ट।
Shares

प्रतिक्रिया