खेल


तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता फागुन १६ देखि

तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता फागुन १६ देखि

नेपालखबर
फागुन १२, २०८१ सोमबार १४:४३, काठमाडौँ

नेपाल डोरीतान संघको आयोजनामा भक्तपुरको मध्यपुर ठिमीस्थित ज्ञान मावि स्कुलको खेलमैदानमा तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता २०८० हुने भएको छ। प्रतियोगिता फागुन १६ र १७ गते हुने तय भएको छ। 

प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहमा खेल हुनेछ। पुरुष समूहमा ६५० किलोग्राम तौल समूह र महिलामा ५५० किलोग्राम तौल समूहमा प्रतिस्पर्धा हुनेछ। नेपालमा परम्परागत खेलका रूपमा रहेको डोरीतानको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। 

प्रतियोगितामा महिला टिम पहिलोपटक सहभागी हुँदैछन्। खेलमा एक टिममा ८ जना हुनेछन्। 

प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फागुन १६ गते बिहान ११ बजे गर्नेछन्। 

प्रतियोगितामा प्रथम हुने टिमलाई ७ लाख नगद, मेडल, शिल्ड र प्रमाणपत्र पाउनेछन्। द्वितीय हुने टिमले ५० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने तृतीय हुने टिमले ३० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ।

नेपाल डोरीतान संघका अध्यक्ष भवानी प्रसाद गैरेले प्रतियोगितामा सहभागी हुन सम्पूर्ण खेलाडी तथा टिमलाई आग्रह गरेका छन्। प्रतियोगिताले राष्ट्रिय खेलकुदको विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतियोगिताका सम्पन्न गर्न ३१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad