खेल


साम्बा बनिन् उत्कृष्ट खेलाडी

साम्बा बनिन् उत्कृष्ट खेलाडी

नेपालखबर
फागुन ११, २०८१ आइतबार २०:१५, काठमाडौँ

सावित्रा भण्डारी 'साम्बा'को उत्कृष्ट प्रदर्शनमा घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल हारबाट जोगिएको छ। 

आजको खेलको उत्कृष्ट खेलाडी पनि साम्बा नै भइन्। उनले २५ हजार रुपैयाँ प्राप्त गरिन्। 

त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा म्यानमारसँग २–२ को बराबरी गर्दै नेपाल हारबाट जोगियो। बराबरीसँगै नेपाल र मयानमारले एक-एक अंक बाँडे। 

खेलको ६ मिनेमै पछि परेको नेपाललाई ११ औँ मिनेटमा सविता राना मगरको गोलमा नेपाल खेलमा फर्कियो। सावित्रा भण्डारीले डिबक्स भित्रबाट दिएको क्रसमा सविताले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन्। 

फेरि म्यानमारले गोल हानेर अग्रता बनायो। खेलको २७ औँ मिनेटमा साम्बाको फ्री किक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुग्यो। तर खेलको ४० औँ मिनेटमा साम्बाको गोलमा नेपाल फेरि खेलमा फर्किएको हो। प्रीति राईको पासमा साम्बाले बललाई पोस्टको जाली चुमाएकी थिइन्। 

यसअघि नै फाइनलमा पुगिसकेका नेपाल र म्यानमार अब उपाधिका लागि बुधबार भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad