सावित्रा भण्डारी साम्बाको गोलमा म्यानमारविरुद्ध नेपाल घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिप फेरि खेलमा फर्किएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपाल र म्यानमार २-२ को बराबरीमा छन्। खेलमा लगातार दुई पटक पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्किएको हो।
खेलको सुरुवातमा नै १-० ले पछि परेको नेपाल सविताको गोलमा खेलमा फर्किएको हो। खेलको ११ औँ मिनेटमा सविता राना मगरको गोलमा नेपाल बराबरीमा आएको छ। सविताले सावित्रा भण्डारीको क्रसमा बललाई पोष्टको जाली चुमाइन्।
त्यसअघि खेलको छैटौँ मिनेटमा नै म्यान नाई खिनको फ्रिकीक प्रहार नेपालकी गोलरक्षक अञ्जना राना मगरले जोगाउन नसक्दा नेपाल पछि परेको थियो।
खेलको १५ औँ मिनेटमा गिता रानाको फ्रिकीक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुग्यो। १६ औँ मिनेटमा म्यानमारले नेपालविरुद्ध अग्रता दोब्बर पार्यो। म्यानमारकी स्वी यी थुनको लामो प्रहारलाई मे हेथे वाइको नियन्त्रणमा लिएपनि नेपालकी डिफेन्डर गिता रानाले राम्रोसँग क्लीयर गर्न नसकेको बललाई उनले गोल गरेकी थिइन्।
खेलको २७ औँ मिनेटमा साम्बाको फ्रिकीक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुग्यो। ३२ औँ मिनेटमा म्याथ नोइको फ्रिकीक नेपालकी गोलरक्षक अञ्जनाको हातमा पुग्यो। खेलको ४० औँ मिनेटमा साम्बाको गोलमा नेपाल फेरि बराबरीमा आएको छ।
Shares

प्रतिक्रिया