खेल


रायलको शतकमा अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित

आईसीसी च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र इङ्ग्ल्यान्ड भिड्दै
रायलको शतकमा अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित

नेपालखबर
फागुन १०, २०८१ शनिबार ८:४२, काठमाडौँ

ओपनर रायल रिकल्टनको शतकमा दक्षिण अफ्रिकाले आईसीसी च्याम्पियन्स ट्रफीमा विजय सुरुवात गरेको छ।

शुक्रबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध १ सय ७ रनको फराकिलो जित दर्ता गरेको हो। 

दक्षिण अफ्रिकाले दिएको ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रन बनाउँदा अलआउट भयो।

अफगानिस्तानलाई सस्तैमा रोक्न दक्षिण अफ्रिकाका कागिसो रवाडाले ३ विकेट लिए। लुंगि एन्गिडी र वइन मुल्दारले समान २ विकेट लिए।

केशव महाजन र मार्को यानसनले एक एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि पाकिस्तानको कराँचीस्थित नेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १५ रनको योगफल तयार पारेको थियो। 

ओपनर रायनले १ सय ६ बलमा ७ चौका र १ छक्का सहयोगमा १ सय ३ रन बनाउँदा रनआउट भए। 

कप्तान टेम्बा बभुमाले ५८, रसी भान डेर दुसेन र एडेन मक्रेमले समान ५२ रनको योगदान दिए। 

अफगानिस्तानका मोहम्मद नावीले २ विकेट लिए। फजाल्हक फारुकी, अज्मतुल्लाह ओमारजाइ र नुर अहमदले एक/एक विकेट लिए। 
जितसँगै दक्षिण अफ्रिका समूह बी को शीर्ष स्थानमा उक्लेको छ। 

च्याम्पियन्स ट्रफीमा आज समूह बीका अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको खेल हुनेछ।

यो खेल दिउँसो पौने ३ बजे पाकिस्तानको लाहोरमा सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad