खेल


साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०८१ बुधबार १७:३६, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ बाट सम्मानित हुने भएकी छन्। 

राष्ट्रिय प्रजातन्त दिवसको अवसरमा सरकारले घोषणा गरेको पुरस्कारमा खेल क्षेत्रबाट साम्बा पुरस्कृत हुने भएकी हुन्।  
सरकारले एक विशेष कार्यक्रम गर्दै पुरस्कार प्रदान गरिने जनाएको छ। 

नेपाल एपीएफ फुटबल क्लबमा आवद्ध साम्बा हाल फ्रान्सको एन अभान्ट गुएङग्याम्पमा आवद्ध छिन्। नेपालबाट युरोपियन लिग खेल्ने साम्बा पहिलो महिला खेलाडी हुन्। 

इजरायलको हापोयल रानानामा अनुबन्ध भएपछि साम्बा युरोपियन लिग खेल्ने पहिलो महिला खेलाडी बनेकी थिइन्। 
सन् २०१४ देखि राष्ट्रिय टोलीमा आवद्ध साम्बा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। 

विस. २०७६ सालमा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा साम्बाले अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान तोडेकी थिइन्। उनी नेपालकी मात्र हैन दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। 

गत वर्षको फागुनमा साउदीमा भएको वाफ महिला च्याम्पियनसिपमा लेबनानविरुद्ध नै गोल गर्दै साम्बाले भारतीय टोलीकी बालादेवीलाई पछि पार्दै दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सुचीमा आफूलाई उभ्याएकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad