खेल


विश्वकै नम्बर एक टेनिस खेलाडीलाई ३ महिना प्रतिबन्ध

विश्वकै नम्बर एक टेनिस खेलाडीलाई ३ महिना प्रतिबन्ध

यानिक सिनर


नेपालखबर
फागुन ३, २०८१ शनिबार २०:१२, काठमाडौँ

विश्व नम्बर एक तथा इटालियन टेनिस खेलाडी यानिक सिनरलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ। उनले यसलाई स्वीकार गरेका छन्।

बीबीसीका अनुसार यसअघि गत वर्षको डोपिङ मुद्दाको सम्बन्धमा विश्व एन्टी-डोपिङ एजेन्सी (वाडा) र सिनरबीच सम्झौता भएको थियो।

गत महिना अस्ट्रेलियन ओपन जितेका २३ वर्षीय यानिक सिनरलाई फेब्रुअरी ९ देखि मे ४ सम्म प्रतिबन्ध लगाइनेछ।

यसपछि उनी फ्रेन्च ओपन खेल्न सक्नेछन्।

हालै यानिक सिनरका वकिलहरूले उनका तर्फबाट वक्तव्य जारी गरेका छन्। यसमा उनले भनेका थिए, "यो मामिला लगभग एक वर्षदेखि चलिरहेको छ।"

वाडाले यानिक सिनरलाई दुई वर्षका लागि प्रतिबन्ध लगाउन चाहेको थियो।

तर शनिबार उसले ती खेलाडीले आफू अनजानमा प्रतिबन्धित पदार्थ क्लोस्टेबोलको सम्पर्कमा आएको भनी दिएको बयान स्वीकार गर्‍यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad