खेल


इङ्लिस प्रिमियर लिग: लिभरपुल र एभर्टनले अंक बाँडे

इङ्लिस प्रिमियर लिग: लिभरपुल र एभर्टनले अंक बाँडे

नेपालखबर
फागुन १, २०८१ बिहिबार ६:४९, काठमाडौँ

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुलले एभर्टनसँग अंक बाँड्न बाध्य भएको छ। 

एभर्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलसँग २–२ को बराबरी गर्दै एभर्टनले अंक खोस्न सफल भएको हो। 

पहिलो हाफको ११ औँ मिनेटमा नै बेटोको गोलमा एर्भटनले सुरुवाती अग्रता बनाएको थियो। तर १६ औँ मिनेटमा एलेसिस म्यक एलिस्टरको गोलमा लिभरपुल बराबरीमा आएको थियो। 

पहिलो हाफमा बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टोलीले समान एक् गोल फर्काए। खेलको ७३ औँ मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले खेललाई २–१ को अवस्थामा पुर्याएको थियो। 

तर इन्ज्युरी समयमा जेम्स टारकोस्कीले गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए। खेलको अन्तिम मिनेटमा खेल केही तनावग्रस्त हुँदा दुबै टोलीका खेलाडीले समान एक रातो कार्ड पाए। १० खेलाडीमा सिमित बन्न पुगे। 

बराबरीका बावजुद शीर्ष स्थानको लिभरपुलले ७ अंकको अग्रता कायम राखेको छ। २४ खेलबाट १७ खेलमा जित, ६ खेलमा बराबरी र १ खेलका पराजित लिभरपुल ५७ अंकमा शीर्ष स्थानमा छ। दोस्रो स्थानको आर्सनलको समान खेलबाट ५० अंक छ। 

लिभरपुलसँग अंक खोसेको एभर्टन भने २७ अंकमा तालिकाको पन्द्रौँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad