नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टोलीका २४ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ।
यू–१९ विश्वकपका लागि खेलाडी छनोट गर्न क्यानले अर्को क्याम्प सञ्चालन गर्ने भएको हो।
नेपालले आगामी चैतमा आईसीसी यू–१९ विश्वकपको एसिया छनोट आयोजना गर्दैछ।
जसमा नेपालसहित अफगानिस्तान, युएई, हङकङ र ओमानले प्रतिस्पर्धा गर्नेछन्।
यो छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने यू–१९ विश्वकपमा स्थान पक्का गर्नेछ।
यसअघि पहिलो चरणमा ३६ खेलाडी छनोट गरिएको थियो। पहिलो चरणको बन्द प्रशिक्षणको आधारमा दोस्रो चरणका लागि खेलाडी छनोट गरिएको हो।
क्याम्पका लागि बिपिन शर्मा, नरेन भट्ट, अभिषेक तिवारी, नितिश पटेल, साहिल पटेल लगायतलाई बोलाइएको छ।

177
Shares

प्रतिक्रिया