खेल


अन्तिम प्रि-क्वार्टरफाइनलमा संकटा र भारतीय टोली भिड्दै

अन्तिम प्रि-क्वार्टरफाइनलमा संकटा र भारतीय टोली  भिड्दै

नेपालखबर
माघ २५, २०८१ शुक्रबार ८:५१, पोखरा

आरा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम प्रि-क्वार्टरफाइनलमा आज (शुक्रबार) संकटा र भारतीय टोली थन्डरबोल्ट नर्थ युनाइटेड भिड्दै छन्।

पोखरा रगंशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

आहा राराको अनुभवी टोली संकटा पाहुना टोलीलाई पहिलो खेलबाटै घर फर्काउने योजनामा हुनेछ।

अघिल्लो साता मात्रै काठमाडौँमा सम्पन्न सभापति कपको विजेता बनेर पोखरा आइपुगेको संकटा उच्च मनोबलमा मैदान उत्रनेछ। 

उता पाहुना टोली थन्डरबोल्ट पनि सहजै हार मान्ने पक्षमा छैन।

त्यसैले अन्तिम प्रिक्वार्टर खेल रोमाञ्चक हुने आशा गरिएको छ। 

यो खेलको विजेताले उज्वेकिस्तानको ब्याक बुल्स एफसीविरुद्ध माघ २९ गते खेल्नेछ। 

३ विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad