काेसी प्रदेश खेलकुद महाेत्सव हुने भएको छ। काेसी प्रदेश खेलकुद विकास बाेर्डले आगामी फागुन १३ गतेदेखि १८ गतेसम्म महाेत्सव गर्न लागेकाे हाे। ११ वटा खेलहरूलाई काेसी प्रदेश खेलकुद महाेत्सवमा समावेश गर्न लागिएकाे खेलकुद विकास बाेर्डका सदस्य सचिव कृष्ण बस्नेत (परशुराम)ले जानकारी दिए।
प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने काेसी प्रदेश खेलकुद महोत्सव-२०८१ गर्ने तयारी अन्तिम चरणमा रहेको बस्नेतले जानकारी दिए। प्रतियोगिता विराटनगर र हिमालय माध्यमिक विद्यालय दमक, झापाकाे खेल मैदानमा खेलहरू आयोजना गर्न लागिएको जानकारी दिए।
महाेत्सवमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल , प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता, दौड प्रतियोगिता, कबड्डी, बाघचाल , प्रदेशस्तरीय डोरीतान, प्रदेशस्तरीय टेबलटेनिस , बुद्धिचाल प्रतियोगिता, कराते, तेक्वान्दो, सफ्टटेनिस गरिने बस्नेतकाे भनाइ छ। महिला भलिबल बाहेकको सबै खेलहरू प्रदेश स्तरीय हुने प्रदेश खेलकुद विकास बाेर्डले जनाएको छ।
Shares

प्रतिक्रिया