२४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब आमन्त्रित आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्नेछन्। विजेताले १२ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको पहिलो संस्करण २०५८ मा क्याराभान कपको रूपमा आयोजना गरिएको थियो, यसबेला पुलिस क्लबले उपाधि उचालेको थियो। २०५९ बाट हिमश्री फुड्सको प्रायोजनमा आहा गोल्डकपको रूपमा परिचित प्रतियोगिता २०६९ बाट आहा–रारा गोल्डकप तथा २०७९ बाट आहा–रारा पोखरा गोल्डकप नामबाट परिचित छ। पुलिसले क्याराभान कपसहित ६ पटक उपाधि जितिसकेको छ भने पाँच पटक उपविजेता रहिसकेको छ।
२०५८, २०५९, २०६४, २०६५, २०६६, र २०७४ मा पुलिसले उपाधि जितेको थियो।
नेपाली फुटबल क्षेत्रमा महत्वपूर्ण योगदान दिने राष्ट्रिय खेलाडीलाई सहारा क्लबले हरेक वर्ष सम्मान गर्ने परम्परा रहँदै आएको छ। यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ, तथा आयुष घलान सम्मानित भइसकेका छन्।








Shares

प्रतिक्रिया