खेल


पुलिसले उचाल्यो टाइगर कप भलिबलको पुरुषतर्फको उपाधि

पुलिसले उचाल्यो टाइगर कप भलिबलको पुरुषतर्फको उपाधि

नेपालखबर
माघ २०, २०८१ आइतबार १७:८, काठमाडौँ

घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पहिलो पटक टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि उचालेको छ।

योसँगै टाइगर कपको पाँचौँ सस्करणले महिला पुरुष दुवैतर्फ नयाँ च्याम्पियन पाएको हो।

पोखरा रगंशालास्थित कभर्डहलमा आइतबार भएको फाइनलमा पुलिस क्लबले गण्डकीलाई ३-१ को सेटमा पाखा लगायो।

पुलिस क्लबले पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले सहजै आफ्नो पक्षमा पार्यो।

तर तेस्रो सेट भने पुलिस क्लबले २५-२० ले गण्डकीलाई सुम्पेको थियो।

तनावका कारण केहीबेर रोकिएको चौथो सेटमा पुलिस क्लबले २५-२२ जित निकाल्दै पहिलो पटक च्याम्पियन बनेको हो।

आजै भएको महिलातर्फको फाइनलमा आयोजक टाइगर क्लबले एपीएफलाई ३-२ को सेटमा हराउँदै पहिलो पटक च्याम्पियन बनेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad