खेल


टाइगर कप भलिबल: आयोजक टाइगर ग्रुपलाई हराउँदै साविक विजेता एपिएफ फाइनलमा

टाइगर कप भलिबल: आयोजक टाइगर ग्रुपलाई हराउँदै साविक विजेता एपिएफ फाइनलमा

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १३:३६, काठमाडौँ

आयोजक टाइगर ग्रुपलाई हराउँदै साविक विजेता एपिएफ पोखरामा जारी पाँचौँ टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको फाइलनमा प्रवेश गरेको छ। 

आयोजक टाइगर ग्रुपलाई हराउँदै साविक विजेता एपिएफ पोखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको फाइलनमा प्रवेश गरेको छ। 

पोखरा रंगशालास्थित कभर्डहलमा शुक्रबार भएको पहिलो क्वालिफायरमा आयोजक टोलीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो। 

एपीएफले टाइगर ग्रुपलाई २५–२०,२१–२५,२५–१९ र २६–२४ ले हराएको हो। 

हारका बावजुद पनि आयोजक टोलीले फाइनल पुग्न थप एक मौका पाएको छ। टाइगर ग्रुपले अब दोस्रो क्वालिफायरमा टिपटक न्यू डायमण्ड स्पोट्स क्लबसँग भिड्नेछ। 

पुरुषतर्फको पहिलो क्वालिफायरमा अहिले त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच खेल भैरहेको छ। 

आजै हुने पुरुषतर्फको एलिमिनेटर खेलमा घरेलु टोली गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad