ट्राभल इन्क्वाइरी युनाइटेड भलिबल क्लब थाइल्यान्ड क्लब सान्त्वना जित निकाल्दै पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताबाट घर फर्किएको छ।
पोखरा रगंशालास्थित भलिबल कोर्टमा बुधबारको पहिलो खेलमा थाइल्यान्डको टोलीले त्रिभुवन आर्मी भलिबल क्लबलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो।
प्रतियोगिताको अन्तिम खेलमा पहिलो जित निकाल्ने क्रममा थाइल्यान्डको टोलीले आर्मीलाई २५–१८, २५–१८ ले हराएको थियो।
तर तेस्रो सेट भने २४–२६ ले आर्मीलाई सुम्पेको थियो। चौथो तथा अन्तिम सेटमा थाइल्यान्डको टोलीले आर्मीलाई २५–१९ ले हराउँदै जित हात पारेको थियो।
महिलातर्फ नै लिग चरणको अन्तिम खेलमा एपीएफ भलिबल क्लब र आयोजक टाइगर क्लब पोखरा भिड्दै छन्। यो खेलले शीर्ष र दोस्रो स्थानमा रहने टोलीको छिनोफानो गर्नेछ।
यी दुवै टोली यसअघि नै क्वालिफायरमा पुगिसकेका छन्।
Shares

प्रतिक्रिया