भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली १२ वर्षपछि रणजी ट्रफी खेल खेल्न लागेका छन्।
कोहली जनवरी ३० मा रणजी ट्रफी खेलमा आफ्नो घरेलु टोली दिल्लीको लागि रेलवेविरुद्ध खेल्नेछन्।
दिल्ली जिल्ला क्रिकेट संघ (डीडीसीए) का सचिव अशोक शर्माले यो जानकारी दिएका हुन्।
उनले भने, ‘विराट कोहली बाह्र वर्षपछि खेल्दै छन्। फ्यानहरूमा धेरै उत्साह छ। हामीलाई आशा छ कि आठ देखि दस हजार दर्शक उनलाई हेर्न आउनेछन्। अहिले पनि उनका धेरै फ्यान छन्।’
255
Shares

प्रतिक्रिया