आईसीसी यू– १९ विश्वकप क्रिकेटमा नेपालले आज मलेसियासँग खेल्दैछ। केहिबेरमा (सवा १२ बजे) सुरु खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो।
अब घरेलु टोली मलेसियाले पहिले ब्याटिङ गर्नेछ।
नेपाल समूह 'डी' मा र मलेसिया समूह 'ए' मा रहेका थिए। तर दुवै टोली सुपर ६ बाट बाहिरिएकाले प्लेअफमा भिड्न लागेका हुन्।
यसअघि समूहमा नेपाल बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो।
उता मलेसिया भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो। आज दुवै टोली सान्त्वना जितको खोजीमा छन्। मलेसिया आयोजकका रूपमा पहिलो पटक विश्वकपमा सहभागी भएको हो। नेपाल भने एसिया छनौटबाट विजयी हुँदै विश्वकपमा पुगेको हो।
प्लेअफपछि चार टोलीको १३ औँदेखि १४ औँ स्थानसम्म तय हुनेछ। १२ टोली भने दुई समूहको सुपर ६ मा पुगेका छन्।
Shares

प्रतिक्रिया