खेल


एनकेएल खेल्न श्रीलंकाली तीन खेलाडी आइपुगे

एनकेएल खेल्न श्रीलंकाली तीन खेलाडी आइपुगे

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १४:५८, काठमाडौँ

एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि श्रीलंकाबाट तीन खेलाडी आइपुगेका छन्।

अहन्गामा पोलवाथा गालापाथिगे, लक्ष्ममोहन थानुसान र दिलान सन्जय काठमाडौं आइपुगेका हुन्। थानुसन र सन्जय जनकपुर नाइट्सबाट खेल्दैछन् भने गालापाथिगे धनगढी वाइल्डक्याट्सको जर्सीमा कोर्टमा उत्रिदैछन्।

फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करण माघ ४ गतेदेखि १८ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ। यसमा बिदेशी १८ खेलाडी सहभागी हुँदैछन्, जसमा भाइल्यान्डका ६, बंगलादेशका ६, श्रीलंकाका ३ र केन्याका ३ खेलाडी छन्।

फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad