मालोर्कालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार राति किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको दोस्रो सेमिफाइनलमा मालोर्कालाई ३-० गोलअन्तरले पराजित गर्दै रियल उपाधि नजिक पुगेको हो।
फाइनलमा स्थान बनाएसँगै रियलले बार्सिलोनासँगको भेट पक्का गरेको छ। फाइनल खेल आइतबार हुनेछ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएका हुन्।
खेलको ६३ औँ मिनेटमा जुड बेलिङ्घमको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। खेलको इन्ज्युरी समयको दोस्रो मिनेटमा मालोर्काका मार्टिन भेलजेन्टको आत्मघाति गोलमा रियलले अग्रता दोब्बर पार्याे।
इन्ज्युरी समयको पाचौँ मिनेटमा रोड्रिगोको गोलमा रियलले ३-० को जित दर्ता गरेको हो। पहिलो सेमिफाइनलमा बार्सिलोनाले एथलेटिको क्लबलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो।
रियलले फाइनलमा स्थान बनाएसँगै अघिल्लो सिजन कै फाइनल इतिहास दोहोरिएको छ। अघिल्लो सिजन रियलले बार्सिलोनालाई ४-१ ले हराउँदै उपाधि जितेको थियो।
बार्सिलोनाले १४ पटक सुपर कपको उपाधि उचालेको छ। रियलले भने १३ पटक उपाधि जित्ने मौका पाएको छ।
Shares

प्रतिक्रिया