समाज


कारलाई बाटो नछाडेको भन्दै टाटासुमो तोडफोड : पक्राउ परेका ११ जनाविरुद्ध मुद्दा दर्ता

कारलाई बाटो नछाडेको भन्दै टाटासुमो तोडफोड : पक्राउ परेका ११ जनाविरुद्ध मुद्दा दर्ता

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०८१ शुक्रबार ८:१५, काठमाडौँ

कारलाई बाटो नछाडेको भन्दै टाटासुमो तोडफोड गरेको आरोपमा पक्राउ परेर ११ जनाविरुद्ध काभ्रे प्रहरीले मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। 

गएको बुधबार साँझ खोटाङको दिक्तेलबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६१७२ नम्बरको टाटासुमो बीपी राजमार्गमा पर्ने काभ्रेको नमोबुद्ध नगरपालिका- २ बेलामा तोडफोड भएको थियो। 

टाटासुमो चालकले बाटो नछाडेको भन्दै दुईवटा कारमा सवार व्यक्तिहरुले टाटासुमो तोडफोड गरेर फरार भएका थिए। 

पक्राउ पर्नेमा बा ३ च ३४९४ र बा ३ च ५६२१ नम्बरको कारका चालक र ती दुई कारमा सवार व्यक्तिहरु रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए। 

‘विपरित दिशाबाट आउँदै गरेका कार र टाटासुमो साँघुरो सडकमा रोकिएपछि गाडीबाट ओर्लिएर कार चालकसहितका व्यक्तिले टाटासुमो चालकलाई कुटपिट गरेका हुन्,’ डीएसपी घलेले भने, ‘कुटपिटपछि फरार भएका उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेर कानुनी कारबाही अघि बढाएका छौँ।’

उनीहरुलाई बिहीबार काभ्रे जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको घलेले बताए। 

उनीहरुलाई आपराधिक उपद्रव कसुरअन्तगर्तको मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको हो। 

गाडी तोडफोड भएको घटनापछि सार्वजनिक भएको श्रव्यदृश्य तथा चालकले दिएको ठाडो उजुरीको आधारमा उनीहरुविरुद्ध आपराधिक उपद्रव कसुरअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया थालिएको घलेले बताए। 

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका- १० का ३९ वर्षीय राजेश परियार, पाँचखाल- ८ का २६ वर्षीय विजय तामाङ, काभ्रेकै महाभारत गाउँपालिका- ३ का २६ वर्षीय छोइकु दोङ, काभ्रेकै तेमाल गाउँपालिका- ७ का २६ वर्षीय तेन्जिङ तामाङ, सोही ठाउँका १८ वर्षीय भिसान तामाङ, काभ्रेकै बेथानचोक गाउँपालिका- ६ का २४ वर्षीय सुनिल तामाङ,  काभ्रेकै रोशी गाउँपालिका- १२ का २२ वर्षीय आदेश स्याङतान, सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका- ११ का २४ वर्षीय सुनिल माझी, सोही ठाउँका २३ वर्षीय नरेन्द्र माझी, सिन्धुलीको घ्याङलेक गाउँपालिका- ४ का २६ वर्षीय प्रेम श्रेष्ठ र दाङको घोराही उपमहानगरपालिका- ११ घर भइ काभ्रेको बनेपा- ८ बस्ने ३२ वर्षीय टेकबहादुर पुन रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad