खेल


घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार

घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार

नेपालखबर
पुस १६, २०८१ मंगलबार ६:५३, काठमाडौँ

म्यानचेस्टर युनाइटेडले ६० वर्षयता पहिलो पटक घरेलु मैदानमा लगातार तेस्रो हार व्यहोरेको छ। 

इंग्लिस प्रिमियर लिगमा सोमबार राति भएको खेलमा न्युक्यासल युनाइटेडसँग २–० ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडका लागि ६० वर्ष यताकै खराब नतिजा आएको हो। 

यता न्युक्यासलले भने ओल्ड ट्राफोर्डमा युनाइटेडलाई सन् १९७२ पछि दोस्रो पटक हराएको हो। न्युक्यासलले प्रिमियर लिगमा लगातार चार खेलमा जित निकालेको छ। 

सन् १९६२–६३ को सिजनपछि युनाइटेडले घरेलु मैदानमा भएका लिग खेलका कुनै पनि प्रतियोगितामा लगातार तीन खेलमा हार व्यहोरेको छैन। 

खेलको चौथो मिनेटमा नै एलेक्जेन्डर इसाकको गोलमा न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो। १९ औँ मिनेटमा जोएलिन्टले दोस्रो गोल थपेपछि चेल्सीले अग्रता दोब्बर पारेको हो। 

जितसँगै न्युक्यासल अंक तालिकामा पाचौँ स्थानमा उक्लेको छ। १९ खेलमा ९ खेलमा जित, समान ५ खेलमा बराबरी र हार भोगेको न्युक्यासलको ३२ अंक छ। 

यता पराजित युनाइटेड भने २२ अंकमा चौधौँ स्थानमा छ। ६ खेलमा जित, ४ खेलमा बराबरी गरेमो युनाइटेडले ९ खेलमा हार भोगेको छ। युनाइटेड रेसलगेसन जोनबाट ७ अंकले मात्र अघि छ। 

गएराति नै भएको खेलमा चेल्सीलाई पराजित गरेपनि इप्सविच टाउन १५ अंकमा रेलिगेसन क्षेत्रमा नै छ। इपस्विचसँगको हारले चेल्सीलाई भने ठूलो धक्का लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad