खेल


रोनाल्डिन्हो पाराग्वेको जेलमा पनि बने च्याम्पियन, गरे पाँच गोल

रोनाल्डिन्हो पाराग्वेको जेलमा पनि बने च्याम्पियन, गरे पाँच गोल

नेपालखबर
चैत ४, २०७६ मंगलबार ११:२४,

तर जेलमा रहँदा पनि रोनाल्डिन्होले फुटबलप्रतिको झुकाबलाई मर्न दिएका छैनन्। उनी जेलमा पनि फुटबल खेलिरहेका छन्।

हालै जेल भित्र आयोजना भएको फुटसल प्रतियोगितामा रोनाल्डिन्होको टोलीले विपक्षी टोलीलाई ११–२ को गोल अन्तरमा पराजित गरेको पाराग्वेको पत्रिका होएले जनाएको छ।

विपक्षीलाई पराजित गर्ने क्रममा रोनाल्डिन्होले ५ गोल गरे भने ६ गोलका लागि पास दिए। यसको मतलब उनले सबै गोलमा निर्णायक भूमिका खेले।

 The Brazil legend posed for a photo after the game as he gets used to life behind bars

रोनाल्डिन्हो सन् २००२ का विश्वकप विजेता हुन्। उनले बालुन डि’ओर सहित दर्जनौं उपाधि जितिसकेका छन्। कुनै समय रोनाल्डिन्हो विश्व च्याम्पियन थिए।

रोनाल्डिन्होले जेलमा फुटबल खेलेको भिडियो सार्वजनिक भएसँगै रोनाल्डिन्हो अहिले पनि च्याम्पियन भएको भनेर मानिसहरुले प्रतिक्रिया जनाइरहेका छन्।

जेलमा भएपनि उनको खशी नखोसिएको टिप्पणी भइरहेको छ। जेल भित्रका कैदीहरु र प्रहरीहरुले रोनाल्डिन्होसँग फोटो खिचाउने गरेको बताइएको छ। एजेन्सी

यो पनिः

रोनाल्डिन्होको पतन पछाडिको कथा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad