खेल


काठमान्डु लिग चरणबाटै बाहिरियो, पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिम भिड्ने

काठमान्डु लिग चरणबाटै बाहिरियो, पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिम भिड्ने

नेपालखबर
पुस १, २०८१ सोमबार १२:६, काठमाडौँ

काठमान्डु गुर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणबाटै बाहिरिएको छ। सोमबार बिहान सम्पन्न खेलमा कर्णाली सुदूरपश्चिमसँग पराजित भए पनि नेटरनरेटमा अगाडी रहँदै प्लेअफमा पुगेको हो। 

यो नतिजासँगै पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन्। इलिमिनेटरमा चितवन र कर्णाली भिड्ने भएका हुन्। 

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमबिचको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्ने छ। 

पहिलो संस्करणको एनपीएल फाइनलमा सुदूरपश्चिम र जनकपुरमध्ये एक टिम पुग्ने पनि पक्का भएको हो। दुवै टिमको भेट पनि फाइनलमा हुने सम्भावना छ। तर त्यसका लागि पहिलो क्वालिफायरमा पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। 

लिग चरणकाे अन्तिम खेलमा कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १२.२ ओभरमा भेटेको भए काठमान्डु प्लेअफमा पुग्ने थियो। तर १२.२ ओभरमा सुदुरपश्चिमले लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली प्लेअफमा पुगेको हो। 

दुवै टोलीको समान ८ अंक भए पनि नेटरनरेटमा अगाडी रहँदा कर्णालीले बाजि मारेको हो। कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। 

सुदुरपश्चिमका लागि कप्तन दिपेन्द्रसिंह ऐरिले ३८ रनको योगदान दिए। ओपनर सैफ जैव ११ र विनोद भण्डारी ४ रनमा एलबीडब्लु धरापमा परे। 

इसान पाण्डे ३८ र आरिफ शेख ४ रनमा नटआउट रहे। कर्णालीका सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान एक विकेट लिए। 

त्यसअघि कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले अन्तिम बलमा अलआउट हुनुअघि १ सय १ रन बनाउँन सक्यो। 

जिसन मक्सुदले बनाएको ३० रन नै कर्णालीका लागि सर्वाधिक रह्यो। ३५ बलमा ४ चौका प्रहार गरेका मक्सुद दिपेन्द्र सिंह ऐरिको बलमा ब्राण्डोन म्याकमुलेनको हातबाट क्याच आउट भए। 

विलियम बसिस्टोले १६ रन थपे। बाबर हायातले १३ र चाडविक वाल्टनले ११ रन बनाउँदै पेभेलियन फर्के। कप्तान सोमपाल कामी ११ रनमा क्याच आउट हुन पुगे। 

सुदूरपश्चिमका लागि हरमित सिंहले ३ विकेट झारे । कप्तान दीपेन्द्र सिंह ऐरी, स्कट कुगेलिनले समान २ विकेट लिए। सैफ जैवले एक विकेट लिँदै समान्य लक्ष्यमा समेटेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad