नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स र सुदूरपश्चिम भिडिरहेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले सुदूरपश्चिमलाई जितका लागि १ सय २ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली २० ओभरमा १ सय १ रन बनाउँदा अलआउट भयो।
जिसन मक्सुदले बनाएको ३० रन नै कर्णालीका लागि सर्वाधिक रह्यो। ३५ बलमा ४ चौका प्रहार गरेका मक्सुद दीपेन्द्रसिंह ऐरीको बलमा ब्रान्डोन म्याकमुलेनको हातबाट क्याच आउट भए।
विलियन बसिस्टोले १६ रन थपे। बाबर हायातले १३ र चान्डविक वाल्टनले ११ रन बनाउँदै पेभेलियन फर्के।
कप्तान सोमपाल कामी ११ रनमा क्याच आउट हुन पुगे।
सुदूरपश्चिमका लागि हरमित सिंहले ३ विकेट झारे। कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्लेजिनले समान २ विकेट लिए। सैफ जैबले एक विकेट झारे।
आजको खेलमा फराकिलो अन्तरमा कर्णाली पराजित भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्नेछ।
हेर्नुहोस् तस्बिर-























Shares

प्रतिक्रिया