खेल


प्लेअफ पुग्न प्रयासरत काठमान्डुलाई जितका लागि ११८ रनको लक्ष्य

प्लेअफ पुग्न प्रयासरत काठमान्डुलाई जितका लागि ११८ रनको लक्ष्य

विराटनगरसँग संघर्षका क्रममा काठमान्डु गुर्खाजका खेलाडी। तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १०:४६, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले काठमान्डु गुखार्जसामु जितका लागि १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १ बलअगावै १ सय १७ रन बनाउँदा अलआउट भयो।

राजेश पुलामीले बनाएको २५ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। राजेशले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे। 

दीपक बोहोराले २० रन थपे। दीपकले २४ बलमा २ चौका प्रहार गरे।

स्कट इरासमस १५, बसिर अहमद १३ र निकोलस किर्तोनले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

विराटनगरलाई कम स्कोरमा रोक्न काठमान्डुका गेहार्ड इरासमसले ३ विकेट लिए। दिनेश कँडेलले २ विकेट लिए। साहब आलम, करण केसी र डान डाउथवेटले समान एक विकेट आफ्नो नाममा गरे।

काठमान्डुले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। 

प्लेअफमा स्थान बनाउन काठमान्डुले आजको खेल जित्नैपर्छ। 

तर यत्तिले मात्र उसलाई प्लेअफ पुग्न पर्याप्त हुँदैन। यसका लागि अर्को खेलको नतिजा पनि निर्णायक बन्नेछ।

उता प्लेअफ दौडबाट बाहिरिसकेको विराटनगर भने सुखद् अन्त्यको योजनामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad