अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको मानहानि गरेको मुद्दामा एबीसी न्युजले १ करोड ५० लाख डलर जरिवाना तिर्ने भएको छ।
एबीसी न्युजका स्टार एन्कर जर्ज स्टेफानोपोलोसले यस वर्ष मार्च १० मा एक अन्तर्वार्तामा ट्रम्पलाई ‘बलात्कारका लागि जिम्मेवार’ भेटिएको आरोप लगाएका थिए।
यसले आफ्नो मानहानि भएको भनी ट्रम्पले दायर गरेको मुद्दा सल्टाउन एबीसी न्युज १ करोड ५० लाख डलर जरिवाना तिर्न सहमत भएको हो।
रकम दिनाका साथै एबीसी न्युजले दुःख व्यक्त गर्दै विज्ञप्ति प्रकाशन गर्ने पनि सहमति भएको छ।
यसबाहेक उसले ट्रम्पको कानुनी शुल्कका लागि १० लाख डलर पनि दिनेछ।
एबीसी न्युजका प्रवक्ताले मुद्दा खारेज गर्न सम्झौता भएकामा कम्पनी खुसी रहेको बताएका छन्।
231
Shares

प्रतिक्रिया