त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा यतिबेला नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको छ।
पहिलो संस्करणको एनपीएलका प्रत्येकजसो खेललाई क्रिकेट समर्थकले साथ दिएका छन्। एनपीएल अब प्लेअफ चरणमा प्रवेश गर्दैगर्दा शनिबार समर्थकले विशेष अतिथिबाट अभिवादन पाए।
ती विशेष अतिथि थिए विश्वकै सर्वकालीन क्रिकेटर ब्रायन लारा।
वेस्ट इन्डिजका उनी शुक्रबार मात्र नेपाल आएका हुन्। नेपालमा हुर्किँदै गएको क्रिकेटलाई माया गर्ने तिनै लारा शनिबार छोरी सेड्नी लारासँगै एनपीएल हेर्न त्रिवि मैदान पुगेका हुन्।
सो क्रममा उनले त्रिवि मैदानमा दर्शकदीर्घाअगाडि नै पुगेर समर्थकलाई अभिवादन गरे।
वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा काठमाडौँमा
तस्बिरमा हेर्नुहोस्















357
Shares

प्रतिक्रिया