खेल


कपनमा बहुद्देश्यीय खेल मैदान उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- देश बनाएरै छाड्ने हो

कपनमा बहुद्देश्यीय खेल मैदान उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- देश बनाएरै छाड्ने हो

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार १९:२७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने संकल्प गरेका छन्। 

बुढानीलकण्ठ नगरपालिकाको वडा नं १, २ र ७ को प्रशासनिक भवन तथा कपन ह्यान्डबल बहुद्देश्यीय खेल मैदानको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताएका हुन्। 

‘केही मान्छेको स्वार्थका कारण देश नबन्न सक्दैन, देश अघि बढ्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालको फुटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौँ। हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ। नेपालको परिचय राखेकामा म खेलाडीलाई धन्यवाद दिन चाहन्छु। हामी हरेकले आफ्नो क्षेत्रबाट देश नाम विश्वमा राख्ने काम गर्दै जानुपर्छ। त्यसमा सरकारको सक्दो साथ रहनेछ।’

कपनमा बहुद्देश्यीय खेल मैदान बूढानीलकण्ठको गौरवको आयोजना हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad