नेपाल प्रिमियर लिग (एनपीएल) को शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको हो।
कर्णालीका लागि विलियम बसिस्टोले ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन बनाए। ओपनर बाबर हायतले २२ बलमा २० रन बनाउँदा देव खनाल मात्रै ३ रनमा आउट भए। चाडविक वाल्टन १५ बलमा १३ रन जोडेर आउट हुँदा गुल्शन झा पनि ८ रनमै आउट भए।
अर्जुन घर्तीले २५ बलमा २५ रन जोडे। कप्तान सोमपाल कामी ७ रनमा र नन्दन यादव शूनय रनमै आउट भए।
लुम्बिनीका लागि विकास आग्रीले २ ओभरमा ३ विकेट लिए। तिलक भण्डारीले २ तथा रामोन सिमोन्ड्स सादबिन जाफर र रोहित पौडेल समान एक एक विकेट हात पारे।
लुम्बिनीको यो अन्तिम खेल हो। यसअघि नै ५ खेलमा पराजित भएर समूह चरणबाटै बाहिरिसकेको लुम्बिनी सान्त्वना जितको खोजिमा हुनेछ।
तर कर्णालीको लागि जित्नै पर्ने दबाब छ। आजको खेलमा पराजित भए समूह चरणबाटै बाहिरिने सम्भावना बढ्नेछ।
Shares

प्रतिक्रिया