खेल


एनपीएलमा पोखरालाई जितका लागि विराटनगरले दियो १४० रनको लक्ष्य

एनपीएलमा पोखरालाई जितका लागि विराटनगरले दियो १४० रनको लक्ष्य

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १०:३०, काठमाडौँ

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा जितका लागि विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पूरै ओभारमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कट इडवार्डले ४५ रन बनाउँदा विराटनगरले सम्मानजनक योगफल तयार गरेको हो।

यही खेलमा उपस्थित इडवर्डले विराटनगरका लागि सर्वाधिक रन बनाए। उनले ३५ बलमा ५ चौका प्रहार गरेपछि पोखराका कप्तान कुशल भुर्तेलको बलमा एलबीडब्लु धरापमा परे।

ओपनर लोकेश बम २६ रन बनाउँदा रेमोन रेइफरको बलमा कट एन्ड बोल्ड हुन पुगे। उनले १६ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए। 

निकोलस किर्तोन १९ रन बनाउँदा सागर ढकालको बलमा माइकल लिस्कको हातबाट क्याच आउट भए। बसिर अहमद २१ रनमा नटआउट रहे। विराटनगरका चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके।

पोखराका लागि सागर ढकाल र रेमोन रेइफरले समान २ विकेट लिए। कुशल भुर्तेल र दिनेश खरेलले समान एक विकेट आफ्नो नाममा गरे। 

पोखराले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad